Like us on facebook

Advertisements

शसांक बस्याल : अष्ट्रेलियाको नेपाली कम्यूनिटिमा परिचित एक नाम

सानै उमेरदेखि नेपाली कला क्षेत्रमा आवद्ध हुदै आएका शसांक बस्याल कलिलै उमेरमा बुवा आमा संगै अष्ट्रेलिया पुगे । अष्ट्रेलियामै आफ्नो अध्ययन पुरा गरेका बस्याल बेलाबखत नेपाल आउदा कहिले सिनेमा कहिले म्यूजीक भिडियोमा काम गर्न भ्याइ हाल्थे । सरल र मिजासिलो स्वभावका उनले अष्ट्रेलियामा नै केहि म्यूजिक भिडियोमा समेत काम गरिसकेका छन् । यस्तै अष्ट्रेलियाको नेपाली कम्यूनिटिमा उनले आफ्नो बेग्लै परिचय दिएका छन् । हाल उनि एनआरएनए एससीसी डेपुटी युथ कोर्डिनेटरको रुपमा सक्रिय छन् । अन्तराष्ट्रिय बिधार्थिहरुलाइ आवश्यक सहयोग गर्दै आएका बस्याल नेपाली कम्यूनिटि , बिभिन्न नेपाली फेष्टिभल र कलाकारीतामा सक्रियता जनाउदै आएक छन् ।

काठमाण्डौमा जन्मिएका बस्याल सानै उमेरमा बिदेश पुगे पनि नेपाल र नेपाली सस्कृतीको जगेर्ना गर्न सदैब तत्पर रहेको देखिन्छ । नेपाली कम्यूनिटि संगै इन्टरनेश्नल स्टुडेन्टको लागी सहयोग गर्दै आएका बस्यालले नेपाली कला र सस्कृतिलाइ अष्ट्रेलियामा बसेर प्रवर्धन गर्दै आएका छन् । युवाहरुलाइ लक्षित गर्दै आफूले गर्दै आएका कामलाइ अझ सक्रियताका साथ आगामि दिनमा गर्ने उनले बताएका छन् ।

Share the News

Related News

Adverstisements

  • Latest Videos