चलचित्र चंगुलको जापान र कोरियाको आधिकारिक रिलिज राइट बिक्री भएको छ । यहि असोज १६बाट देशभर प्रर्दशनमा आएकाे चलचित्र चंगुल नेपाल रिलिजको केहि पछि जापान र कोरियामा प्रर्दशन हुने निर्माण टिमले जानकारी दिएको छ । चलचित्रलाइ समन्द्र घिमिरे र उनको टिमले प्रर्दशन अधिकार खरिद गरेको हो ।

राजनितिक परिवेशले नयाँ धार समात्नु अघि अनि पछिको अवस्थालाइ चलचित्रले देखाउन खोजेको छ । चलचित्र चंगुलमा बिगत लामोसमय सम्म एउटै एउटै राजनितिक समुहले कसरी देशलाइ चंगुलमा पारेर लुटिरहे भन्ने देखाउन खोजेको छ । मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल, रोहित ढुंगाना लगायतका कलाकारको अभिनय छ । चलचित्रमा बालकलाकार रिम्शा कार्कीको समेत अभिनय छ ।
चलचित्रका गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत छ । त्यस्तै, देव महर्जनले द्वन्द्व निर्देशन छ भने छायांकन तथा सम्पादन दीपेन बस्न्यातको रहेको छ । चलचित्रको नाफाको केहि हिस्सा घाइते जेन्जी नेपाल लाइ दिने तथा बाढिपिडित सहयोगार्थ पनि छुट्याउने भनेर चलचित्र चंगुल टिमले बताउदै आएको छ ।

