Like us on facebook

Advertisements

  • प्रेमले रुवायो अकेशालाइ

    मंसिर १५ , कलिउड अपडेट ।
    ‘जिन्दगी रक्स’को स्याड भर्सन गीत रिलिज गरिएको छ । सार्वजनिक गरिएको प्रस्तुत गीतमा डेब्यू अभिनेत्री अकेशा बिष्टले प्रेममा चोट पाएको देखाईएको छ । म्युजिक भिडियो निर्देशनमा अनुभव बटुलेका निकेश खड्काले निर्देशन गरेको ‘जिन्दगी रक्स’मा टिनेजर युवायुवतीहरूको रमाइलो यात्रालाई देखाउन खोजिएको छ । फिल्ममा अकेशा बिष्ट, सौरमराज तुलाधर, ऋचा शर्मा, सोनम पाख्रिन, प्रकृती श्रेष्ठ, राजेन्द्र खड्गी, मकन राई, विनोद मैनाली, विक्की पुलामी, हर्कराज घलान लगायतका कलाकारको अभिनय रहेको छ । सुजता श्रेष्ठ र वीरेन्द्र राज तुलाधरको लगानी रहेको फिल्ममा निरोज महर्जनको कथा, हरि हुमागाइँको छायांकन, निशान घिमिरेको सम्पादन छ । पुष १८ गतेबाट देशभर प्रदर्शन हुने फिल्म’जिन्दगी रक्स’को थाहा छैन मलाई’ बोलको गीतमा संजीत श्रेष्ठको शब्द, स्वर तथा संगीत रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4