Like us on facebook

Advertisements

  • संबिधान नआए पछि अभिनेत्रि यूना उप्रेतिका पिता द्धारा आत्महत्या

    yamuna_uprety_1201886417
    माघ ९ , कलिउड अपडेट ।
    पर्खि बसे ‘पहिलो पहिलो माया’, ‘सम्झि दिए पुग्छ’ लगायतका सफल चलचित्रमा अभिनित नायिका युना उप्रेतीलाई पितृ शोक परेको छ । तीन बर्ष अघि फिल्म उद्योगबाट टाढिएर अमेरिकामा बस्दै आएका युनाका बाबुले आत्महत्या गरेको खुलासा भएको हाे । माघ ८ मा संविधान आउन नसकेपछि उनले आत्महत्या गरेको खबर राष्ट्रिय समाचार समिति (रा.स.स.)ले जनाएको छ । ६५ बर्षे युनाका पिता बिष्णु प्रसाद झापा गोलधापमा परिवारका साथ बस्दै आएका थिए । काँग्रेस र नेकपा एमालेले जसरी पनि माघ ८ मा संविधान जारी गर्छन् भन्दै बाजी समेत मारेका बिष्णुप्रसादले संविधान नआएपपछि विरिक्तएर आत्महत्या गरेको अनुमान स्थानियको छ । तर बिष्णुप्रसादले सुसाइड नोट चाँहि नलेखेको गोलधाप प्रहरी चौकीको भनाई छ । उनको आज नै कनकाई माईमा अन्त्येष्टि गरिएको छ । बिष्णुप्रसादका युना बाहेक एक छोरा र तीन छोरी छन् जसमध्ये युना अमेरीका बस्दै आएकी छिन् । युनाका दाई पनि बिदेशमै छन् ।
    —-Hamro bhakha —

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4