Like us on facebook

Advertisements

  • निर्देशक घिमिरे सन्चिता तर्फ डाइभर्ट , ‘राधा’ मा जिवन र सन्चिता

    कलिउड अपडेट ।
    निर्देशक योगेश घिमिरेले नयाँ फिल्मको घोषणा गरेका छन् चलचित्रको नाम हो राधा । नारि प्रधान चलचित्रमा निर्देशक घिमिरेले नायक जिवन लुइटेल र निता ढुंगानालाइ एउटै पर्दामा उतार्ने तयारी गरिरहेका छन् । निर्देशक घिमिरेले यस अघिका आफ्ना केहि चलचित्रमा निरन्तर रुपमा नायीका निता ढुंगानालाइ लिएर फिल्म बनाएका थिए ।
    sanchita-luitel
    राधा’को स्क्रिप्ट प्रदीप भारद्धाले लेखेका हुन् भने छायाँकन पुरुषोत्तम प्रधानको रहनेछ । संगीत बसन्त सापकोटाले दिनेछन् भने कोरियोग्राफीको जिम्मा कविराज गहतराजले र एक्सनको जिम्मा हिमाल केसीको पोल्टामा परेको छ ।
    दिईएको जानकारी अनुसार ‘राधा’को छायाँकन पूर्वको ईलामदेखि सिक्किमसम्म हुनेछ । आउँने दसैको छेकोमा रिलिज लक्ष्य राखिएको उक्त फिल्मलाई रियल मोसन पिक्चर्सको ब्यानरले निर्माण गर्न लागेको हो जसको लगानीकर्तामा विश्वमणी दाहाल र सुशिल कार्की छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4