Like us on facebook

Advertisements

  • ‘कृ’ को यतियति पानी सार्वजनिक , रुचाइयो अनमोलको डान्स

    पुस १८ , कलिउड अपडेट ।

    बहुप्रतिक्षित चलचित्र कृ को ट्रेलरले इन्टरनेटमा तहल्का मच्चाइरहँदा चलचित्रको अर्को गीत पनि सार्वजनिक गरिएको छ । यति यति पानि बोलको गीतले पनि इन्टरनेटमा अत्याधिक रुचाइएको छ र ट्रेलरर्ले एक्सनमा देखिएका अनमोलको चकलेटि पन र डान्स लाइ पनि दर्शकले रुचाएका छन् । अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर रहेको गीतमा मिस्टर आर जे कै शब्द तथा संगीत छ ।

    गीतको भिडियोलाई रेनशा वान्तवा राइले कोरियोग्राफी गरेकी हुन् भने पुरुषोत्तम प्रधानले खिचेका हुन् । चलचित्रका मुख्य नायक अनमोल केसीलाई यो क्लब गीतमा फिचरिङ गरिएको छ । अनमोलले यो गीतका लागि निकै मिहिनेत गरेको उनको नृत्य शैलीले पनि प्रष्ट पार्छ । काठमाण्डौको डेजा भू र राजु पेन्टरले निर्माण गरेको भव्य सेटमा खिचिएको गीतको भिडियो निर्माणमा निकै मिहिनेत गरिएको देखिन्छ ।

    चकलेटी अनुहारका कारण चर्चामा रहेका अनमोलले आफ्नो एक्सन र अभिनय क्षमता चलचित्रको ट्रेलरमा देखाइसकेका छन् । अब, यो गीतस“गै उनको नृत्य क्षमता पनि देखिएको छ । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । चलचित्रमा सुवास गिरी र भूवन केसीको लगानी छ ।

    सुरेन्द्र पौडेलले यो चलचित्रको निर्देशन गरेका हुन् । ट्रेलरले सकारात्मक प्रतिक्रियाले हौसिएका सुरेन्द्र गीतबाट पनि आशावादी देखिएका छन् ।

    कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रका सह–निर्माता श्री पराजुली हुन् । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ । माघ २६ गतेबाट यो चलचित्र देशभरका हलमा रिलिज हुनेछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4