जेठ १८ , कलिउड अपडेट ।
नेपालमा कलाकार एव निर्देशकको रुपमा लामो समय बिताएका निर्देशक एव कलाकार कमल कृष्ण लगभग नेपाली फिल्मी क्षेत्रबाट हराइसकेका छन् । तर पनि कला क्षेत्रबाट उनि टाढा छैनन् । उनि एक भारतिय टेलिसिरियलमा प्रहरी इस्पेक्टरको भुमिकामा देखिन थालेका छन् ।
स्टार प्लस बाट प्रसारण हुने टेलि सिरियल ये हे मोहव्वते मा उनी देखिदैछन् ।केहि एपिसोड देखि कमल कृष्ण उक्त सिरियलमा देखा पर्न थालेका हुन् । कमल कृष्णले हाम्रो सानो घर होला , बन्धकि , म तिमि बिना मरि हाल्छु , हिफाजत , अन्दाज जस्ता चलचित्रमा अभिनय गरेका छन् भने रावण र प्राण भन्दा प्यारो चलचित्रलाइ निर्देशन पनि गरेका छन् ।