भाद्र १६ , कलिउड अपडेट ।
बिहिबार साँझ कुमारी हलमा गरिएको ग्रान्ड प्रिमियरमा उत्कृष्ट प्रतिकृया पाएको चलचित्र ए मेरो हजुर २ ले गज्जवको ओपनिङ गरेको छ । आज बाट रिलिज भएको चलचित्र ए मेरो हजुरले उत्कृष्ट ओपनिङ गरेको छ । बिहिबार भएको प्रिमियरमा चलचित्रले प्रसंसा नै प्रसंसा पाएको थियो नै हलमा दर्शकले पनि चलचित्रलाइ तारिफ गरेर फर्किएका छन् ।
देशभर सोलो रिलिज पाएको चलचित्रले शुक्रबार बिहान देखि बिभिन्न हलमा हाउसफूलको व्यापार गरेको निर्माण पक्षले बताएको छ । शुक्रबार र शनिबार को रिपोर्टले मात्र फिल्म हिट या फ्लप भन्न नसकिने हुँदा यो एक हप्ताको समग्रको बिजनेश रिपोर्ट पर्खनै पर्छ ।
भाग्यमानि फिल्म
चलचित्र ए मेरो हजुर २ भाग्यमानि फिल्म बनेको छ । फिल्म रिलिजको पहिलो आइतबार पनि सरकारले सार्वजनिक बिदा दिएको छ । आइतबार मुस्लिमहरुको चाड बकर इद परेको छ । यस्तै कम मात्र फिल्म सोलो रिलिज हुन पाउने देशमा ए मेरोहजुर पनि भाग्यमानि फिल्म बनको छ । यतिमात्र होइन मंगलबार पनि इन्द्रजात्राको अवसरमा उपत्यकामा सार्वजनिक बिदा परेको छ । एक हप्तामा २ वटा सार्वजनिक बिदा अनि सोलो रिलिज हुनु यो चलचित्र एकदमै भाग्यमानि चलचित्र मानिएको छ ।
तारिफयोग्य झरना थापाको निर्देशन मा तयार चलचित्र ए मेरो हजुरमा साम्राज्ञी राज्यलक्ष्मी शाह , सलिनमान बाँनिया , सलोन बस्नेत , अनुभव रेग्मी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।