Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • प्रेमिकालाइ याद घटाइदिन शान्तिप्रियको आग्रह

    कलिउड अपडेट , काठमाण्डौ ।
    वरिष्ठ रंग पत्रकार तथा गीतकार शान्तिप्रियको अधर एल्वममा समाबेश गीत याद तिम्रो धेरै आइरह्यो… को म्यूजिक भिडियो निर्माण गरिएको छ । एल्वमको पाँचौं गीत याद तिम्रो धेरै आइरह्यो… सँगै अधर एल्वममा समावेश गरिएका सम्पूर्ण गीतको म्यूजिक भिडियो निर्माण कार्य सकिएको छ । यस अघि नै चार वटा गीतको भिडियो सार्बजनिक भैसकेका छन् ।

    दोस्रो एल्वम आकृतीका लागि तयारी गर्दै गरेका प्रिय पछिल्लो समयमा चलचित्र गीत लेखन तथा आधुनिक गीती लेखन मा उत्तिकै सक्रिय रहेका छन् ।
    यादतिम्रो धेरै आइरह्यो मिल्छ भने थोरै घटाइदेउ
    सम्झी सम्झी रुनु भन्दा मिल्छ भने हासो पठाइदेउ…
    यादतिम्रो धेरै आइरह्यो… गीतको म्यूजिक भिडियो निर्देशन चर्चित कलाकार निर्मल शर्माले गरेका छन् । गीतको छायांकन वरिष्ठ छायांकार राजु के.सी.ले गरेका हुन् भने श्रृंगार निर्मला आचार्यले गरेकी छिन् । गीतको सम्पादन विरेन्द्र भाट ‘विपिन’ले गर्नेछन् । गीतमा अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री अनामिकाचौलागाई एवं राम ढकालको अभिनय हेर्न पाइन्छ । अभिनेता भट्टराई र अभिनेत्रीचौलागाईको केमेष्ट्री खुलेको पनि छ । अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री अनामिका चौलागाई नेपाली चलचित्र तथा म्यूजिक भिडियो मा क्रमश… जम्दै गरेका छन् ।
    छायाँछवि क्रियशनले निर्माण गरेको म्यूजिक भिडियो फाल्गुनको पहिलो साता रिलिजगरिने छायाँछवि क्रियशनले जनाएको छ ।

    Share the News

    Related News

    Adverstisements

  •  

     

     

     

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4