Like us on facebook

Advertisements

  • ‘जाइरा’ को ‘जिन्दगीको खेल’ सार्वजनिक

    कलिउड अपडेट ।
    गत शुक्रबार बाट प्रर्दशनमा आएको चलचित्र जाइराको अर्को गीत ‘जिन्दगीको खेल’ सार्वजनिक गरिएको छ । ‘टम्बल वीड’ ब्याण्डले तयार पारेको यो गीतको भिडियोमा प्रियंका आरएल थापा, मोनिषा कर्माचार्य, मोनिका कर्माचार्य र सेलिषा श्रेष्ठको गेस्ट अपिरियन्स छ । पदम बहादुर श्रेष्ठ ‘बाबु’ ले गीत खिचेका हुन् ।
    बदलाको कथामा आधारित भएर बनेको ‘जाइरा’ मा अभिनेत्री नम्रता मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । फिल्ममा उनलाई एक्सन अवतारमा देख्न सकिन्छ । आफ्नो चरित्रलाई आत्मसात् गर्न आठ महिना लामो तालिम लिएर उनले मार्शल आर्टका सबै फर्म सिकेकी थिइन् । फिल्ममा मार्शल आर्ट खेलाडी बन्नका लागि उनले अफस्क्रिन गरेको मेहनत प्रष्ट देखिन्छ ।

    यसमा नम्रतासँगै प्रमोद अग्रहरी, अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरलगायतको अभिनय छ । फिल्मका निर्देशक आशुतोष राज श्रेष्ठ हुन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने लोकेश बज्रचार्यको सम्पादन छ । फिल्मको पटकथा निर्देशक श्रेष्ठ र निरोज महर्जनको हो । फिल्मले सन्तोस जनक व्यापार गरिरहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4