Like us on facebook

Advertisements

  • देशका मुख्य मुख्य शहरमा फिल्म मेकिङ वर्कसप

    कलिउड अपडेट ।
    काठमाडौँभन्दा बाहिरका ठूला शहरहरुलाई सिनेमाको राम्रो बजारको रुपमा लिइन्छ । प्रदेश सरकार बनेसँगै मौफसलका विभिन्न शहरमा ठूलाठूला मल्टिप्लेक्स हल र थिएटर बन्ने क्रम पनि जारी छ । चलचित्रसम्बन्धी अवार्ड र फिल्म फेस्टिबलले पनि काठमाडौँभन्दा बाहिरका शहरहरु रोज्न थालेका छन् र अधिकांश सिनेमाहरुले छायाङ्कनको लागि पनि काठमाडौँभन्दा बाहिरका शहर नै जाने गरेका छन् । तर, आजसम्म चलचित्रसम्बन्धी शैक्षिक कार्यक्रम, वर्कशप तथा कक्षा उपत्यकाभन्दा बाहिर जान सकेका थिएनन् तर अब भने चलचित्र निर्माणसम्बन्धी शिक्षा दिने, सिनेमा साक्षरता बढाउने र नयाँ जागरुक फिल्ममेकर तथा स्टोरी राइटरहरुलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यले इटहरी, हेटौँडा, नारायणघाट, पोखरा, बुटवल र नेपालगञ्जमा एक–एक हप्ते फिल्म मेकिङ वर्कशप सञ्चालन हुँदै छ ।

    काठमाण्डौको मैतिदेवीस्थित कान्तिपुर फिल्म एकेडेमीको आयोजनामा हुन लागेको उक्त चलचित्र निर्माणसम्बन्धी वर्कशप इटहरीमा भदौ ३ देखि ८ गतेसम्म, हेटौँडामा भदौ १० गतेदेखि १५ गतेसम्म, नारायणघाटमा भदौ १७ गते देखि २२ गतेसम्म, पोखरामा भदौ २४ गतेदेखि २९ गतेसम्म, बुटवलमा भदौ ३१ गतेदेखि असोज ५ गतेसम्म र नेपालगञ्जमा असोज ७ गतेदेखि १२ गतेसम्म सञ्चालन हुँदै छ ।

    सबै शहरमा बिहानको १० बजेदेखि बेलुकी ५ बजेसम्म सैद्धान्तिक र व्यावहारिक तरिकाबाट वर्कशप सञ्चालन हुनेछ र चलचित्र निर्माणसम्बन्धी चासो भएको जो कोही पनि सहभागी हुन पाउनेछन् । काठमाण्डौ बाटै दक्ष प्रशिक्षक र अत्याधुनिक क्यामेरा एवम् सामग्रीहरु ल्याई सञ्चालन गरिने वर्कशपबाट मौफसलमा लुकेर रहेका प्रतिभा तथा कथाहरुलाई बाहिर ल्याउनमा प्रत्यक्ष सहयोग पुर्याउनेछ ।

    पहिलो चरणको वर्कसपपछि बाँकी रहेका अन्य शहरहरुमा पनि यस्तै कक्षा सञ्चालन गरिने कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले जानकारी गराउनुभयो ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4