Like us on facebook

Advertisements

  • ट्रेन्डिङमा चि मुसी चि , फेसबुकमा यसरी भयो भाइरल

    असार १ , कलिउड अपडेट । चलचित्र चि मुसी चि को शिर्ष गीतलाइ दर्शक श्रोताले मन पराएका छन् । नेपाल आइडलकि सफल प्रतिस्पर्धि सुजाता पाण्डेको आवाज मा नम्रता सापकोटाको नृत्यलाइ दर्शकले मन पराएको यूटुवमा स्वतस्फूर्त रुपमा आएका कमेन्ट बाट प्रष्ट हुन्छ ।


    गत बुधबार सार्वजनिक गीतलाइ अहिले सम्म ३ लाख ८२ हजार दर्शकले हेरिसकेका छन् भने नेपालको यूटुव ट्रेन्डिङमा २१ नम्बरमा उक्लीरहेको छ । यो दर्शकको संख्या अर्गानिक रहेको कार्यकारी निर्माता शिवराज कार्किले कलिउड अपडेटलाइ बताए । ‘हामिले कहि कतै बुष्ट गर्ने काम गरेका छैनौ , यो सबै दर्शक श्रोताको स्वतस्फूर्त माया हो’ कार्किले बताए । फेसबुकमा पनि चि मुसी चि खेल्दै गरेका तस्विर यतिबेला जताततै देख्न सकिन्छ ।

    दिनेश श्रेष्ठको निर्देशन रहेको चलचित्र चि मुसी चि मा सुशान्त कार्कि , सुनिल क्षेत्री , कमली वाइवा , अलिशा शर्मा , शिवराज कार्कि , ससांक बस्याल , डा हरी शर्मा लगायतका कलाकारको अभिनय रेहेको छ ।
    सिल्भर लेक पिक्चर्स , अनिल पाण्डे र प्रिन्स युवराज कार्किको प्रस्तुती चलचित्र चि मुसी ची मा अरुण गुरुङ , महेश्वर खत्रि , सुभास भुर्तेल र दुव बहादुर गुरुङको लगानि रहेको छ । चलचित्र श्रावण ११ बाट देशव्यापी रुपमा प्रर्दशन हुदैछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4