कलिउड अपडेट । यूएसमा फिल्म मेकिङ अध्ययन सकाएर नेपाल फर्केका बिधान कार्कि पुन म्यूजिक भिडियो निर्देशनमा व्याक भएका छन् । कार्किको निर्देशनमा तयार भएको म्युजिक भिडियो ‘ति दिन’ सार्वजनिक भएको छ । अहिलेकि हटकेक स्टार प्रियंका कार्कि फिचर गरि निर्देशक कार्किले भिडियो निर्देशनमा व्याक भएका छन् । गीतमा ऋषि राम धमलाको शब्द , सुरेश अधिकारीको संगीत रहेको छ भने यसमा स्वर राज सिग्देलले दिएका छन् ।
गीतमा प्रियंका कार्की , पवन खरेल , रश्मी भट्ट र ऋषि राम धमलाको अभिनय रहेको छ । यसलाई अर्जुन तिवारीले छायाँकन गरेका हुन् भने यसलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । गीतलाई पार्क भिजेल र रुपाकोटको रमनिद दृश्यमा छायाँकन गरिएको छ । याे भिडियाेलाइ नेपसिने कम्पनीले बजारमा ल्याएकाे छ ।