फागुन १४ , कलिउड अपडेट ।
फिल्म वितरण कम्पनी डिजिटल सिनेमा नेपालले आफ्नो सिस्टमलाई अपग्रेड गर्दै टुके ईन्कोडिङ सुरु गरेको छ । गत फाल्गुन १ गते रिलिज भएको आफ्नै फिल्म सुन्तली माथि गरिएको अन्तिम परीछण पश्चात डि.सि.एनले टुके ईन्कोडिङ सुरु गरेको जानकारी प्रेस मिट मार्फत दिएको हो ।
टुके क्यामेरा वा फोर के क्यामेराबाट खिचिएका कुनै पनि फिल्मलाई टुके क्वालिटीमै रहेर पर्दामा देखाउँन सकिने छमता सहित आफूहरुले यो सिस्टम लन्च गरेको डि.सि.एनका कार्यकारी अध्यछ अशोक शर्माको भनाई छ ।
यस्तै शर्माले अबको दिनमा यो सिस्टमबाट विश्वको कुनै पनि थिएटरमा नेपाली फिल्मलाई सजिलै एवं सुरछीत साथ प्रर्दशन गर्न सकिने तर्क सहित टुके प्रोजेक्सन ब्यवस्था भईसकेका नेपालका २० पर्दामा विदेशी फिल्म सरहको क्वालिटीमा नेपाली फिल्म हेर्न सकिने दावी गरेका छन् ।
हाल नेपालमा क्यूएफएक्स च्यानलका ६ वटा पर्दा सहित, बीग मुभिजको ३, एफ.क्यूबको ३, गोपीकृष्णको १, सिने द सेफको २ हेटौंडा नारायणीे मलको २ र ईटहरी सिनेमाको १ पर्दा गरी २० पर्दामा टुके पद्धत्तीको प्रोजेक्सन सिस्टम जडान छ ।
यस्तै शर्माले ओपन फाईलमा विदेश पठाईदा हुने गरेको पाईरेसी सहित अन्य जोखिमलाई पनि नियन्त्रण गर्न यो नयाँ सिस्टमले सघाऊ पुर्याउँने तर्क गरेका छन् । उनले अहिलेको अवस्थामा हाई रेजुलेशनमा निर्माण भई रहेका फिल्म त्यस पछिको वितरण र प्रर्दशनको तालमेललाई मिलाउँन पनि यो सिस्टमको आवश्यक्ता अपरिहार्य रहेको तर्क गर्दे कम्पनीलाई अपग्रेड गरिएको बताएका छन् ।
नोटः पछिल्लो केही बर्ष यता एनलग सिस्टमलाई पूर्ण रुपमा छाडेर हाईक्वालिटीका क्यामेराले नेपाली फिल्म खिच्ने र प्रशोधन गर्ने कार्य तीब्र गतिमा अघि बढेपनि नेपाली मेकरहरुले प्रर्दशनको ब्यवस्थामा भने रिजोलुशन घटाएर आफ्ना फिल्म हलमा देखाउँन बाध्य थिए जुन बाध्यतालाई डि.सि.एन.ले तोड्ने प्रयाश गरेको हो तर यो प्रयाशमा जति सक्दो चाँडो निर्माता सहित वितरक र नेपालका अन्य हल ब्यावसायीहरुको पनि हातेमालो भएमा नेपाली फिल्म उद्योगको मुहार फेरिन समय लाग्ने छैन् ।