Like us on facebook

Advertisements

  • बेलायतमा ‘उल्झन’

    कलिउड अपडेट ।
    अनेक सपना बोकेर विदेशिएको एउटा युवाको भोगाई र त्यसले परिवार र समाजलाई पारेको समस्यालाई विषयबस्तु बनाएर निर्माण गरिएको फिल्म ‘उल्झन’को बेलायतका विभिन्न सहरमा रेडकार्पेट प्रिमियर हुने भएको छ । फिल्म निर्देशक राजु अधिकारीका अनुसार आगामी मार्च १८ गते बेलायतको अलडरसटमा रहेको एम्पायर हलमा हुनेछ ।

    त्यस्तै साउथ ह्यरोमा रहेको ह्यरो फुटबल क्लबमा मार्च २५ गते फिल्मको प्रिमियर हुँदैछ । यी दुई स्थानबाहेक रेडिङ, स्विडेन, बेजिङस्टोक, ननिनटङ, बर्मिंगम, योर्क तथा स्कटल्याण्डलगायतका स्थानमा फिल्म प्रदर्शन गरिनेछ । फिल्ममा ध्रुव दत्त, रजनी केसी, बेनी ढुंगाना, दिनेश शर्मा, रामचन्द्र अधिकारीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

    आसुतोष फिल्म्सको ब्यानरमा निर्मित फिल्ममा तेजेन्द्र कँडेल प्रस्तुतकर्ता छन् । नारायण ढुंगाना कार्यकारी निर्माता रहेको फिल्ममा हरिकृष्ण कार्की र नविन अधिकारी निर्माता छन् ।
    news – filmybahar

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4