Like us on facebook

Advertisements

  • ‘ए मेरो हजुर २’ को तेश्रो गित सार्वजनिक , गीतमा देखियो फिल्मको स्टान्डर्ड

    भाद्र १ , कलिउड अपडेट ।
    ए मेरो हजुरको तेश्रो गित सार्वजनिक गरिएको छ । अडियोमा हिट भएको यो गितको भिडियो सार्वजनिक गरिएको हो । यस अघि सार्वजनिक गरिएका कसम हो कसम र किनिदेउन साइला दाइ बोलको गित ले लोकप्रियता हासिल गरिसकेको छ ।

    गीतमा सिनेमाका मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बानियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, सुमन पौडेल लगायत फिचरिङ छन् । वसन्त सापकोटाको संगीत रहेको गीतमा राजेशपायल राई र इन्दिरा जोशीले स्वर दिएका छन् ।

    अभिनेत्री झरना थापाको डेब्यु निर्देशन रहेको सिनेमालाई सुहाना इन्टरटेनमेन्टको व्यानरमा सुनिलकुमार थापाले निर्माण गरेका हुन् । ‘ए मेरो हजुर २’मा सामिप्यराज तिमिल्सिना र हरिहर अधिकारीको पटकथा/संवाद, संजय लामाको छायाँकन, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4