युके , जेष्ठ २०७२ !
युकेमा बनेको चलचित्र ” यु- टर्न ” को पोस्टर सार्बजनिक भएको छ ! नयाँ बर्ष नलाग्दै नेपालमा गएको दुई ठुला महाभूकम्पले गर्दा नेपाल रिलिजको कार्यतालिका अन्यौलमा राख्दै यस चलचित्रको अभिनेता तथा निर्देशक प्रेम लामा उक्त चलचित्रको सम्पूर्ण कार्य सकेर नेपालबाट युके फर्कनु भएको हो ! अब छिट्टै नै ट्रेलर रिलिज गरिने चलचित्र ” यु- टर्न ” मा प्रेम लामा, ईतिषा नेम्बांग, गोबिन्द अर्मजा, निता पुन, दिपक गुरुङ, एल. बि. सुब्बा, सुर्य मोक्तान, कमला लिम्बु, आदिको मुख्य भूमिका रहेको छ भने हलिउड अभिनेता सिजर अनबरको समेत अतिथि भूमिका रहेको छ ! सुरेश अधिकारीको संगीत, कुशल श्रेष्ठ/ बिशान गुरुङको छायाँकन, आदि रहेको उक्त चलचित्रलाई, युकेमा निरन्तर चलचित्र निर्माण गरिरहेको जेष्ठ चलचित्र कम्पनि प्रेमिस भिजन ब्यानरले निर्माण गरेको हो !