Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • भजन संग्रह ‘त्रिवेणी’ भाग १ र २ सार्वजनिक

    कलिउड अपडेट ।
    संगीतकार शालिकराम घिमिरेको एकल संगीत एवं गायक शशि बिक्रम थापाको एकल आवाजमा रहेका दुइ भजन एल्वमको बिहिबार एक भव्य कार्यक्रम आयोजना गरि बिमोचन गरिएको छ । बरिष्ठ साहित्यकार एवं गीतकार रत्न सम्सेर थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न क्षेत्रका ख्यातिप्राप्त बिशेष व्यक्तित्वको उपस्थिति रहेको थियो । सार्वजनिक एल्वमका गीतलाइ बरिष्ठ कलाकार एवं साहित्यकार रत्न बेहोसिले समिक्षा गरेका थिए । कार्यक्रममा गायक एवं संगीतकार ले लाइभ प्रस्तुती पनि दिएका थिए । त्रिवेणि नाम दिइएको उक्त भजन संग्रह भाग १ र भाग २ का केहि गीतको भिडियो पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

    लामो समय देखि शास्त्रिय संगीत मा सक्रिय शालिकराम घिमिरे र गायक एवं संगीतकार शशि बिक्रम थापा ले सयुक्त रुपमा यी एल्वम बजारमा ल्याएका हुन् । एल्वमका गीतमा जनार्दन न्यौपाने , शिवजी प्रसाद न्यौपाने , मनोहर गौतम , केशव पाठक लगायत संगीतकार घिमिरे र गायक थापाको पनि शव्द रचना रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • PropellerAds

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4