कलिउड अपडेट , काठमाण्डौ ।
चलचित्र कुम्भकरणको ट्रेलर सार्वजनिक गरिएको छ । एक बिधालयकि शिक्षिकाको रुपमा नायीका निशा अघिकारी देखिएकि छिन् । निशाको पछि स्कुलको प्रिन्सिपल देखि पिउन सम्म लागेको ट्रेलरले देखाएको छ । र अन्त्यमा एकको हत्या ।
चलचित्रमा भोलाराज सापकोटा, नीशा अधिकारी, गौरव पहारी, अभय बराल, आकाश पल, कुलदिप अधिकारी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । यो चलचित्रलाई दीपक वलीले निर्देशन गरेका हुन् । चलचित्रमा चित्रबहादुर घर्तीमगर, क्षितिज बस्नेतको लगानी छ । चलचित्रमा महेश दवाडीको कथा, पटकथा तथा संवाद, मिलन श्रेष्ठको सम्पादन, हरि लामा घलेको छायांकन, सुरेश बसेलको कोरियोग्राफी, गोविन्द मधुर आचार्यको संगीत छ ।