Like us on facebook

Advertisements

  • अदालतमा शुष्माको आइटम (भिडियाे)

    कलिउड अपडेट ।
    फाल्गुनन्द लिङ्देन फिल्म्स् प्रा.लि.द्वारा निर्माण भएको चलचित्र अदालतको ‘तीन पाने’ बोलको आइटम गीत आइतबार सार्वजानिक गरिएकोछ । आइटम गर्लको रुपमा नायिका सुष्मा कार्कीलाई देखिनेछ । फागुन २४ गतेबाट देश भरिका हलहरुमा प्रद्रर्शन हुन गइरहेको चलचित्र अदालतको यो गीत अन्य आइटम गीत भन्दा फरक रहेकोछ । साथै नायीका सुष्मा कार्कीको प्रस्तुतिमा पनि पहिलेका चलचित्रहरुमा भन्दा धेरै नै फरकपन पाइन्छ । गीतलाई दिनेश लिङ्देनले लेखेका हुन् भने स्वर यदु राई लकान्द्री र दिनेश लिङ्देनको रहेकोछ । विशेष गरि समाजमा घटिरहेका हत्या, हिंसा, बलत्कार, अवैध धन्दा जस्ता आपराधिक एवं संवेदनशील घटनाहरुलाई मुख्य विषय बनाई निर्माण गरिएको छ ।

    चलचित्र अदालतमा एलिना बाँस्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, बिन्दा थिङ, मेख बहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री, राजु घिमीरे, बिन्दा थिङ, दिलिप ठकुरी, पुन्य ओझा, अजय खडका आदिको मुख्य भुमिका रहेको छ । त्यस्तै गरि संगित रोशन बान्तवा राई, नृत्य दिनेश माङमु, द्वन्द्ध राजु किराँती, छायांकन बिक्रम डि.सि.र सम्पादन रन्जित मानन्धरको रहेकोछ । मदन, राजकुमार, रुद्र र शान्तिले यसै चलचित्रबाट डेब्यू गर्दैछन् । यस चलचित्रको कार्यकारी निर्माता बसन्त थेबे हुन् भने सह निर्मातामा मेख बहादुर मगर र प्रस्तुतकर्तामा आर.पि. दाहाल रहेकाछन् । उपत्यका लगायत आसपासका स्थानहरुमा छायांकन गरिएको चलचित्र अदालतको बितरक सरोज शर्मा÷ सुनिता भट्टराई, निर्मात्री कविता राई लिङ्देन हुन् भने लेखन– निर्देशन दिनेश लिङ्देनको रहेकोछ |

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4