Like us on facebook

Advertisements

  • अन्नपुर्ण बेसक्याम्पमा गरियो ‘तिमि सँग’काे इन्डक्ल्याप

    कार्तिक १२ , कलिउड अपडेट ।

    ड्रिम्स र ए मेरो हजुर २ सफल भएपछि अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको लोकप्रियता बजारमा झनै बढेको छ । थुप्रै चलचित्रहरुको अफर उनलाई आई रहेका छन । साम्राज्ञी थोरै तर राम्रा चmलचित्र खेल्ने योजनामा छिन । त्यही अभएर नै अफर आएका मध्ये केही चलचित्र खेल्ने मौखिक सहमती मात्रै साम्राज्ञीले गरेकी छिन ।
    २ चलचित्र सफल भएपछि उनी तेस्रो चलचित्र तिमि सँगको काममा व्यस्त छिन । चलचित्रको पर्दामा पहिलो पटक अन्नपुर्ण बेस क्याम्पको दृश्य कैद गर्दै यो चलचित्रको छायाँकन सक्किएको छ । साम्राज्ञीसँगै आकाश श्रेष्ठ, नाजिर हुशेन लगायतका कलाकारहरुमो मुख्य भुमिका रहेको प्रेमकथात्मक चलचित्रको टाइटल संगको छायाँकन बेस क्याम्पमा गरिएको हो ।


    टुरिष्ट गाइडको प्रेम कथा बाल्ने चलचित्र प्रति साम्राज्ञी निक्कै आशाबादी छिन । चचित्रको क्यानभास मनमोहक छ, संगीत पक्षले पनि दर्शक स्रोताको मन जित्ने उनले आश राखेकी छिन ।
    निर्देशक शिशिर राणा नेपाली चलचित्रमा अन्नपुर्ण बेस क्याम्पको सुन्दर दृश्य कैद गर्न पाउँदा भाग्याशाली महशुष गरी रहेका छन । पुनहिल, घोरोपनी, देउराली, घान्दु्रक लगायतका क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत चलचित्रले महत्वपुर्ण भुमिका खेल्ने निर्माता तथा लेखक समेत रहेका राणाले विश्वास लिएका छन ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4