कलिउड अपडेट , काठमाण्डौ ।
रानी’ मा एकसाथ काम गरेका मनिष सुन्दर श्रेष्ठ र पूर्वमिस नेपाल मलिना जोशी काे अभिनय रहेकाे चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रम अायाेजना गर्दै चलचित्रकाे ट्रेलर रिलिज गरियाे । प्रेम र विछोडको कथा ट्रेलरमा देखाइएको छ । फिल्मका निर्देशक र कथाकार विकाश बस्याल हुन् । मदन दवाडी, डालचन्द्र दवाडी र हरीप्रसाद अधिकारी निर्माता रहेको फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ का कार्यकारी निर्माता प्रकाश बाँस्कोटा हुन् । विना कार्की सह-निर्मात्री हुन् ।
मनिष र मलिनाकाे अलावा स्वरुप पुरुष ढकाल, रबी गिरी, विश्व बस्नेत, तमन्ना केसी, गीता अधिकारीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । माधव शर्मा घिमिरेको संवाद तथा पटकथा रहेको यस फिल्ममा रोशन श्रेष्ठले द्वन्द्व निर्देशनको जिम्मेवारी सम्हालेका छन् ।
कविराज गहतराजको कोरियोग्राफी रहेको यस फिल्ममा रामशरण उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन, डेभिल भण्डारीको गीत रचना र अर्जुन पोखरेलको संगीत रहेको छ ।