फागुन २८ , कलिउड अपडेट ।
यो शुुक्रबार अर्थात फागुन २९ देखि चलचित्र किल्ला प्रर्दशनमा आउने भएको छ । एक्सन प्रधान चलचित्र किल्लामा राखिएको साउथ इन्डियन चलचित्रमा देखाइने जस्तो फाइटले दर्शकलाइ नया स्वाद दिने निर्माता एव नायक सुभास मेचेले बताएका छन् ।
रक्षा मेचेको प्रस्तुति चलचित्र किल्लालाइ द्धन्द निर्देशक हिमाल केसिले निर्देशन गरेका छन् । चलचित्र किल्लामा सुभास मेचे , सुरवी जैन , बालदिप राइ , प्रिया रिजाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र किल्ला झापाको बिभिन्न रमणिय स्थानमा छायांकन गरिएको यो चलचित्रले राजनितिक पृष्ठभूमि मा एक डनको कथा बोक्छ ।