कलिउड अपडेट , काठमाण्डौ ।
नेपालकै पहिलो एचडि च्यानल एपिवान बाट प्रसारण हुने निर्मल शर्मा गैडाको हास्य टेलिसिरियल टेन टु फाइभमा चिरपरिचित अनुहार हरु देख्न पाइने भएको छ ।
टेलिसिरियल टेन टु फाइभमा रजनि केसि , कमल मैनाली , रबि शर्मा घाटो नियमित कलाकार हुनेछन् भने अतिथि कलाकारको रुपमा ठूलो पर्दाका चर्चित अनुहार हरु लाइ पनि टेलिसिरियलमा समेटिने निर्मल शर्मा बताउछन् ।
राजेश हमाल देखि आर्यन सिग्देल सम्मका कलाकारलाइ टेन टु फाइभमा समेट्ने योजना रहेको उनको भनाइ छ ।
नेपाल टेलिभिजनमा सर्वाधिक रुचाइएको हास्य टेलिश्रृखला तितो सत्य बाट निर्मल शर्मालाइ गैडा भनेर चिन्न थालिएको हो ।