भाद्र २२ , कलिउड अपडेट ।
हेलेन पाख्रिन फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र टिनएज का गितहरु सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलको यूटुव च्यानल मार्फत जुकबक्स रिलिज गरिएको हो । टिजएजका गितहरुमा बिकाश चौधरी र बसन्त सापकोटाको संगित सुन्न सकिने छ ।
चलचित्रका गितहरुमा चिरपरिचित गायकहरुको अवााज सुन्न सकिने छ । असोज २७ बाट प्रर्दशन हुने चलचित्र टिनएज लाइ दिनेश पाख्रिनले निर्देशन गरेका छन् । चलचित्रमा एन्जिला खड्गी , नरेश बिर सिं , सरोज शाह , प्रतिक्षा खड्का कृष्ण सिवाकोटि अजय खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।