Like us on facebook

Advertisements

  • उत्कृष्ट कभर गित बनाउनेलाइ टंक ले चान्स दिने

    कलिउड अपडेट ।
    नेपाली सुगम संगितमा होस् या चलचित्र संगितमा संगितकार टंकबुढाथोकिको नाम स्थापित नाम हो ।
    पछिल्लो समयमा गीत संगीतमा नया नया प्रयोग गरेर दर्शक तथा स्रोतको मन जितेका टंकको बिल्कुलै नया गीत बजारमा आएको छ ।tanka-budhathoki

    टंकको “हासु कसरी माया हासु कसरी ” बोलको नया गीतको अडियो बजारमा आएको छ ।दर्शक तथा स्रोतको लागि जसले यस गीतको उत्कृस्ट कभर गीत निर्माण गर्छ उस्ले एउटा नया गीतमा स्वर दिनुको साथै नगद रु पचिस हजार समेत प्रदान गरिने भएको छ ।

    पछिलो समय चलचित्र र आधुनिक थुप्रै हिट दिएका टंक बुढाथोकीले “हासु कसरी माया हासु कसरी ” को गीत बिल्कुलै फरक हुनुको साथै दर्शक तथा स्रोतको मन जित्ने समेत उहाको विश्वास रहेको छ ।पछिल्लो समय कभर गीत निर्माण निकै बढेकोले पनि आफुले यस गीतको कभर गीत गाउने एक जनालाई अर्को नया गीतमा गाउने मौका दिनुको साथै नगद समेत दिन लागेको बताउनु भयो ।

    नेपाली मौलिक लोक भाकालाई प्राथमिकता दिदै फरक एरेन्जमेन्टमा टंक बुढाथोकीको स्वर तथा संगीत रहेको यस गीतलाई टिका राम बुढाथोकीले रचना गर्नु भएको हो ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4