Like us on facebook

Advertisements

  • यस्तो छ ‘वृन्दावन’को ‘ताला चाबि ’

    असार १० कलिउड अपडेट ।
    नायिका शिल्पा पोख्रेल अभिनित चलचित्र ‘वृन्दावन’को पहिलो गीत सार्वजनिक भएको छ । ‘ताला चाबि ’ बोलको गीतमा कृष्ण काफ्ले र जुना प्रसाइको स्वर छ । लेखु सहयात्रीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ । यो चलचित्रमा दर्शकले लामो समयपछि बादरलाई पनि देख्न सक्नेछन् । गीतलाई कमर्सियल शैलीमा कोरियोग्राफी गरिएको छ ।
    shilpaa
    भदौ १७ गतेबाट रिलिज हुने यो चलचित्रमा शिल्पा पोख्रेल मुख्य भूमिकामा छिन् । रुद्र खनालको निर्माण रहेको यो चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । रामजी लामिछानेले यो गीतको कोरियोग्राफी गरेका छन् । कमल जीसी यो चलचित्रका सह–निर्माता हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4