कलिउड अपडेट ।
गायिका श्वेता पुन्जालीको आवाज रहेको एक गितको म्युजिक भिडीयो सार्वजनिक भएको छ । थाइल्यान्डका बिभिन्न रमणिय स्थानमा छायांकन गरिएको यो गितमा गायिका स्वंयले अभिनय गरेकी छिन् । मोडलिङमा उनलाइ साथ दिएका छन् उनकै श्रीमान् बिभु मिश्रले ।
यस गितलाइ बरिष्ठ गितकार दुर्गालाल श्रेष्ठले लेखेका हुन् भने संगित न्ह्यू बज्रचार्यको रहेको छ । यस भिडियोलाइ अनिल तन्डुकारले निर्देशन गरेका छन् ।