बौद्ध धर्माबलम्बीको पवित्र मानिने खादाले यौनाङ्ग ढाकेर तस्बिर खिचाएकी अभिनेत्री शुभेच्छा थापालाई नेपाल चलचित्र कलाकार सङ्घले कारबाही गरेको छ। सङ्घको कार्यसमितिको बैठकले उनलाई छ महिनासम्म चलचित्रसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी निलम्बन गरेको सङ्घका अध्यक्ष रामकेशर बोगटीले जानकारी दिए।

देशका गहना कलाकारले कुनै पनि धर्म, सम्प्रदाय, वर्ग आदिको भावनामा चोट पुर्याउँनु हुँदैन भन्ने भावनालाई आत्मसात् गर्दै अभिनेत्री थापामाथि कारबाही गरिएको उनको भनाइ थियो। ‘उहाँले गल्ती स्वीकार्नुभएको छ, त्यसैले छ महिनासम्ममा उहाँमा पूरै सुधार आउने हामीले अपेक्षा गरेका छौं’, उनले भने।
रासस