असार ५ , कलिउड अपडेट ।
चलचित्र म त तिम्रै हुँ रिलिजको तयारी गरिरहँदा अभिनेत्री एव निमात्रि सुस्मिता केसि लाइ बिभिन्न आरोप आइरहेका पनि छन् । कसैेले अनमोलको नाम बेचेको भन्छन् भने कसैले आफू पर्दामा आउन फिल्म बनाएको भन्ने पनि छन् । तर सुस्मिता केसि ले कलिउड अपडेट मार्फत स्पष्टिकरण दिएकि छिन् ।
अभिनेत्रि शुष्मिता का अनुसार चलचित्रको कथा तथा कलाकारहरु नायक अनमोल केसि ले नै छनौट गरेको बताएकि छिन् । यो कथामा फिल्म बनाउद अनमोल स्टोरीमा नसुहाउने भएको कारण अनमोल फिल्ममा नरहेको उनको दाबि छ । फिल्म निर्माणमा अनमोलको प्रत्यक्ष संलग्नता रहको भनाइ छ ।
चलचित्रको कथा अनुसार आफू फिट हुने कारण नै आफुले चलचित्र खेलेको सुस्मिता बताउछिन् । अनमोल राख्दा चलचित्रको स्कृप्ट नै चेन्ज गर्नु पर्ने हुन्थ्यो , यो कथामा बनाउदा मैले अभिनय गर्नै पथ्र्यो उनको भनाइ छ । अनमोलले पनि अर्को फिल्ममा संगै काम गरौला यो फिल्ममा तपाइ नै खेल्नु भने पछि सुस्मिताले कथा परिवर्तन गरिनन् अनि आफू नै मुख्य भुमिका रहेको चलचित्र म त तिम्रै हुँ रोजिन् ।
श्रीराम महत् को निर्देशन रहेको यो चलचित्र मा आकाश श्रेष्ठ , ज्योत्सना योगि , जिवन भट्टराइको मुख्य भुमिका रहेको छ । चलचित्र श्रावण ७ गते बाट प्रर्दशन हुदैछ ।