Like us on facebook

Advertisements

  • ‘भुवन नहुँदा डिष्टर्व भएन’ : सुस्मिता केसि (नायीका/निर्मात्री)

    असार १ , कलिउड अपडेट ।
    करोडपति , नेपालीबाबु , सुपर स्टार , तँ त साह्र बिग्रिस नि बद्रि , म तिमि बिना मरिहाल्छु निर्माण गरेकि अभिनेत्री सुस्मिता केसि यतिबेला अर्को चलचित्र म त तिम्रै हुँ को तयारीमा जुटेकि छिन् । यस अघिका चलचित्रमा उनी संगै नायक  भुवन केसि पनि संगै हुन्थे । पहिले संगै मिलेर चलचित्र निर्माण गरेको यो जोडि को सम्वन्ध संगै चलचित्र निर्माण कम्पनी पनि टुक्रिएको छ । भुवन सुपर काजोल फिल्मस् बाट चलचित्र बनाउछन् भने सुस्मिता अनमोल क्रियसन बाट  ।

    sushmita kc
    भुवन केसिको साथ बिना नै उनले पहिलो पटक चलचित्र म त तिम्रै हुँ निर्माण गरेकि हुन् त्यो पनि नयाँ निर्देशक र नयाँ कलाकारको साथमा । भुवन केसि को साथ बिना काम गर्दा गाह्रो भो होलानि भन्ने कलिउड अपडेट को जिज्ञासामा गाह्रो होइन बरु डिष्टर्व चाहि नभएको खुलाएकि छिन् । भुवन हुदा कुनै कुराको एक्लै सिधै निर्णय गर्न सकिदैन थियो । आफूलाइ मन परेके सट भुवन लाइ मन नपर्ने , भुवनलाइ मन परेको आफूलाइ मन नपर्ने हुँदा अहिले निर्णय गर्न सजिलो रहेको बताएकि छिन् ।
    छायांकनको समयमा एकल निर्णय अधिकार हुँदा सहज भएको उनको दाबि छ । चलचित्र म त तिम्रै हुँ श्रावण ७ बाट रिलिज हुदैछ । चलचित्रमा आकाश श्रेष्ठ , ज्योत्सना योगि , सुस्मिता केसि , जिवन भट्टराइ लगायतका कलाकारको अभिनय रहेको छ  । चलचित्र लाइ श्रीराम महत ले निर्देशन गरेका हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4