Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • चलचित्र भैरे बाट एभरेष्ट सूर्य बोहरा बने उत्कृष्ट निर्देशक

    कलिउड अपडेट ।
    लामो समय देखि अमेरिका बस्दै नेपाली चलचित्र क्षेत्रमा सक्रिय रुपमा लागेका निर्देशक एभरेष्ट सुर्य बोहरा पछिल्लो समय चलचित्र निर्माण कै लागि नेपालमा छन् । उनि लामो समय देखि निरन्तर चलचित्र निर्देशन गर्ने सिनिअर निर्देशक हुन् । उनले निर्देशन गरेको पछिल्लो चलचित्र भैरे यति बेला नेपाल बाहिर प्रदर्शन भैरहेको छ ।

    नेपालको सफल प्रदर्शन पछि चलचित्र भैरेले नेपाली दर्शक माझ राम्रो छाप छोड्न सफल भएको हो । चलचित्र सफल भइरहदा यसका निर्देशक एभरेष्ट सुर्य बोहरा अमेरिकामा हालै सम्पन्न भएको ग्लोबल नेपाली चलचित्र, सङ्गीत, सञ्चार तथा सामाजिक अवार्ड–२०१८ मा चलचित्र भैरे बाट उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् । निर्देशक बोहरा यति बेला हेल्लो जिन्दगी नामक चलचित्र निर्देशन गर्दैछन्, जुन चलचित्रको अहिले प्री प्रोडक्सन कार्य भैरहेको छ । नेपाल लगायत अमेरिकाका विभिन्न राज्यहरूबाट कलाकार, समुदायका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको अमेरिकाको नर्थ क्यारोलानामा ग्लोबल नेपाली चलचित्र, सङ्गीत, सञ्चार तथा सामाजिक अवार्ड–२०१८ सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि महामहिम राजदूत डा.अर्जुन कुमार कार्की र विशेष अतिथिहरूमा महावाणिज्यदुत प्रेमराजा महत, महावाणिज्यदुत ऋषि ढकाल थिए ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4