कलिउड अपडेट ।
सन्चारकर्मि समेत रहेका गायक सुरज पौडेलको मन को खुशी एल्बममा समावेश ‘धेरै पछि’ बोलको गीत को म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । भिडियोमा पुष्पराज र रेश्मा लामाको अभिनय छ । काठमाडौंको विभिन्न स्थलमा छायांकन गरिएको गीतको निर्देशन सरोज श्रेष्ठले गरेका हुन् ।
गीतमा चिरञ्जीवी भण्डारीको संगीत, शंकरदेव कंडेलको शब्द छ । पौडेलले यसै एल्बमको तीन वटा गीत सार्वजनिक गरिसकेका छन् ।