Like us on facebook

Advertisements

  • दोश्रो सातामा सुन्तली , निर्देशकको कामको प्रसंसा

    श्रावण ३० , कलिउड अपडेट ।
    जारी तिर्ने पुरानो प्रथालाइ पर्दामा उतारेर चलचित्र सुन्तलीलाइ भगाइ लग्यो झिल्केले निर्माण एव निर्देशन गरेका ऋषिराज आचार्यको कामलाइ दर्शकले रुचाएका छन् । दोश्रो सातमा प्रवेश गर्दा सम्म यो चलचित्रले ६० लाख ग्रस कलेक्सन गरेको बुझिएको छ । चलचित्रले पाएको राम्रो रेस्पोन्सले आफूलाइ अझ राम्रो चलचित्र बनाउन हौसला पाएको उनको भनाइ छ । जारी तिर्ने प्रथा जस्तो संवेदनशिल बिषयलाइ उठान गरेर पहिलेको समाज लाइ चित्रण गरि अहिलेको समयमा चलचित्र बनाउनु आफैमा चुनौति हो । तर अहिलेको समयलाइ पनि मध्यनजर राखि व्यालेन्समा निर्देशक आचार्यले चलचित्रलाइ प्रस्तुत गरेका छन् ।

    Rishi raj acharya
    सन्तलीलाइ भगाइ लग्यो झिल्केले जस्तो टिपिकल नेपाली फिल्म निर्देशन गरेका आचार्यलाइ अन्य चलचित्रको अफर पनि आइरहेको बताउछन् । तर कलिउड अपडेट संगको कुराकानिमा उनले थोरै चलचित्र बनाउने राम्रो बनाउने बिचार व्यक्त गरे । दशै पछि पुन बिशुद्ध नेपाली फिल्म निर्माणमा जुट्ने उनको भनाइ छ ।
    समाज शाष्त्र र अंग्रेजीमा डिग्रि हासिल गरेका निर्देशक आचार्यले नेपाली समाजमै रहेर नेपाली समाजकै बिषय चलचित्रको पर्दामा उतार्ने बताउछन् ।
    हाल चलचित्र  १७  वटा सिनेमा घरहरुमा प्रर्दशन भइ रहेको छ । चलचित्रमा शुशान्त कार्कि , शुशिल सिटौला , सुरजनी केसि , रीजा भुसाल , शिशिर भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4