श्रावण ११ , कलिउड अपडेट ।
श्रावण २१ गते रीलिज हुने चलचित्र “सुन्तलीलाई भगाई लग्यो झिल्केले” काभ्रेमा च्यारिटी शो गरीएकाे छ | चलचित्र हेर्न थुप्रै दर्शकको भिड थियो | चलचित्रलाई दर्शकले मन पराएका छन् | काभ्रे बासिन्दाहरुले “सुन्तलीलाई भगाई लग्यो झिल्केले” को टिमलाई बाजा गाजा सहित फुल माला लगाएर अबिर टिका सहित गाउ परिक्रमा गरि भब्य स्वागत गरेका छन् |
चलचित्र निकै नै राम्रो बनेको र नेपाली परिबेशमा मनोरंजननाथ्मक बनेको प्रतिक्रिया त्यहाँका दर्शकहरुले दिएका थिए | निर्देशक ऋषि राज आचार्यको कामको त्यहाँ निकै प्रशंसा भएको थियो भने यस्तै बिषयमा अझै चलचित्र बनाउन सल्लहा सुझाब त्यहाँका दर्शकहरुले उनलाई दिएका थिए |
चलचित्रमा सुरजनी केसी , सुशील सिटौला, रीजा भुषाल र सुशान्त कार्की , शिशिर भण्डारी फिल्मका अर्का मुख्य कलाकार हुन् । चलचित्रका कलाकारहरुको पनि त्यहाँ निकै चर्चा परिचर्चा भएको थियो | दर्शकको मायाले आफूलाइ अझ हौसला मिलेको निर्देशक ऋषिराज आचार्यले बताएका छन् ।