Like us on facebook

Advertisements

  • निर्देशक ऋषिराज को टोली पोखरामा , शुशान्तको तारिफ

    कलिउड अपडेट , काठमाण्डौ ।
    यतिबेला देशका बिभिन्न सिनेमा घरहरुमा चलचित्र सुन्तलीलाइ भगाइ लग्यो झिल्केले प्रर्दशन भइरहेको छ । प्रतिस्पर्धि फिल्मको कमजोर प्रचारप्रसारले गर्दा चलचित्र अन्य चलचित्र भन्दा माथि छ ।
    चलचित्र सुन्तलीलाइ भगाइ लग्यो झिल्केले एक पुरानो नेपाली परम्परा मा आधारीत छ । जार तिर्ने प्रथा (अर्काकि श्रीमती भगाए पछि भगाउनेले श्रीमान्लाइ पैसा तिर्नु पर्ने प्रथा) को बिषय उठान गरिएको चलचित्र अहिलेकाे समाजमा मिल्दैन ।

    sushant riza and Rishi
    फिल्म निर्माता एव निर्देशक यस्तो बिषयमा फिल्म बनाउनु भनेको ठूलो रिक्स लिएको बताएका छन् । चलचित्रले पाएको प्रतिकृया बाट हौसिएका निर्माण टोलि यतिबेला चलचित्रकै प्रसार प्रसार को लागि पोखरा पुगेको छ । पोखराका दर्शक संग बसेर फिल्म हर्ने को लागि पोखरा पुगेको निर्देशक आचार्यले जानकारी गराएका छन् ।
    केहि समय अघि चलचित्र तिन घुम्तीमा अभिनय गरेका नायक शुशान्त कार्कि सुन्तलीलाइ भगाइ लग्यो झिल्केले मा बलेको क्यारेक्टरमा देखा परेका छन् । बले क्यारेक्टरले हलमा तारिफ बटुलिरहेको छ । कुनै समय एडल्ट फिल्ममा मात्र देखिने शुशान्त यतिबेला ऐतिहासिक एव नेपाली पनका चलचित्रमा देखिन थालेका छन् ।   कुनै समय नेपाली समाजमा रहेको जार प्रथा लाइ यस चलचित्रमा प्रस्तुत गरिएको छ । चलचित्रमा शुशान्त जार तिर्नेृ नभइ जार रकम पाउने क्यारेक्टरमा छन् ।

    ग्रामिण परिवेशमै छायाँकन सकिएको यस चलचित्रमा शुशान्त कार्कि , शुशिल सिटौला , सुरजनी केसि , रीजा भुसाल शिशिर भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4