माघ २४ , कलिउड अपडेट ।
यहि बैसाख २५ देखि प्रर्दशनमा आउने चलचित्र होष्टेल रिटन्स का कलाकारहरु निर्माता सुनिल रावलको घेरामा रहेका छन् । चलचित्रको मुुख्य भूमिकामा अधिकांश नयाँ कलाकारको अभिनय रहेको छ । निर्माता रावलको अनुमति बिना अरु चलचित्रमा अभिनय गर्न पाउने छैनन् भने चलचित्रको बारेमा अहिलेनै बाहिर बोल्न पनि पाउने छैन ।
चलचित्रका मुख्य मुख्य कलाकारहरु संग निर्माता सुनिल रावलले बिभिन्न सर्त राखि एग्रिमेन्ट पनि गरेका छन् । सो चलचित्रका कलाकारहरु ले चलचित्र होष्टेल रिटन्स प्रर्दशन नभए सम्म अन्य चलचित्रमा अनुवन्धित हुन नपाउने सर्त राखेका छन् भने अहिलेनै मिडिया सामु आउन पनि रोक लगाएको बुझिएको छ ।