Like us on facebook

Advertisements

  • सुनिल रावल भन्छन् ‘फ्यानको ऋण तिर्न नसक्ने भए ‘

    असार २५ , कलिउड अपडेट ।

    एक पछि अर्को सफलता हात पारिसकेका निर्माता सुनिल रावल असार ३० मा रिलिज हुने चलचित्र सायद २ को प्रचारप्रसारमा नै व्यस्त छन् । एकातिर सायद २ को पव्लिसिटि छ भने अर्को तर्फ लाउरेको छायांकन पनि चलिरहेको छ । सायद २ ले रिलिज अघि नै लगानि सुरक्षित गरिसकेको फिल्म हो । सायद २ को प्रचार मा सुनिल लागिपरि रहँदा उनलाइ माया गर्ने दर्शकले पनि उत्तिकै साथ दिइरहेको उनको भनाइ छ ।

    चलचित्रको धेरै प्रचारप्रसार दर्शक तथा आफूले बनाएको फिल्म मन पराउने फ्यानहरु आफैले धेरै गरिरहेको उनको भनाइ छ । सायद २ को पव्लिसिटिको लागि कतिले सर्ट फिल्म बनाए भने कतिले चाहि कभर गित निर्माण सम्म गर्न भ्याएका छन् । साथै बिभिन्न शहरहरु मा आफै चलचित्रको पम्प्लेट मागेर बाढ्दै हिड्ने पनि गरेको रावल बताउछन् ।

    कलिउड अपडेट संग कुरा गर्दै निर्माता रावलले भने ‘मेरा दर्शकले यति धेरै माया र साथ दिनु होला भन्ने लागेको थिएन । अहिले म भन्दा बढि मेरा फ्यान हरु नै बढि उत्साहित हुनुहुन्छ । म उहाँहरुले निश्वार्थ लगाउनु भएको गुनको ऋणि भएको छु । जुन म कहिल्यै तिर्न सक्दिन होला ।’

    पुष्पराज न्यौपानको निर्देशनमा तयार चलचित्र सायद २ मा शुशिल श्रेष्ठ , स्यारोन श्रेष्ठ , अमृत ढुंगाना , कुशल पाण्डे लगायतका कलाकारको अभिनय रहेकोछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4