Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • ‘पसिना’ को ‘सुनौलो दरबार’ बोलको गीत  रिलिज

    कलिउड अपडेट , काठमाण्डौ । चलचित्र ‘पसिना’ को प्रमोसनल टाइटल गीत ‘सुनौलो दरबार’ बोलको गीत  रिलिज भएको छ । गीतमा मीना पोखरेल निरौलाको स्वर छ भने अभिनेत्री छुल्ठिम गुरुङ को नृत्य रहेको छ । गीतमा राजीव समीरको कोरियोग्राफी छ ।

    निर्देशक आरबी खत्री शरदको शब्द रचना रहेको गीतमा संगीत दीपक शर्माको रहेको छ ।  निरज कँडेलले छायांकन गरेको भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् । पसिना फिल्ममा सरोज खनाल, सरोज अर्याल, रवि गिरी, ध्रुव कोइराला, शारदा गिरीलगायतका कलाकारको पनि अभिनय छ । फिल्ममा राम केसीको छायांकन, राजनराज शिवाकोटी, दीपक शर्मा र थिरज राईको संगीत, नवीन निरौलाको सम्पादन, शिव विक र राजीव समीरको नृत्य र देव महर्जनको द्वन्द्व छ ।
    फिल्मले पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश दिने निर्देशक खत्रीले बताए । फिल्म ‘पसिना’ को निर्माता शान्ता ढकाल हुन् भने कार्यकारी निर्माता सञ्जय महताे हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4