अर्पण ढकाल , कअस , धरान ।
सुनसरी धरान घर भै हाल काठमाडौँमा बस्ने सुजाता सुवेदी यतिबेला मोड्लिंगको क्षेत्रमा आफ्नो पहिचान स्थापित गराउने क्रममा रहेकी छिन् । स्नातक अध्यनरत सुजाता अध्ययन संगै कलाकारिताको दुनियामा समेत जम्ने तरखर मा रहेकी छिन् ।
५ फिट १ इन्च अग्ली गहुगोरी वर्णकी उनि हाल सम्म कुनै किसिमको प्रेम सम्बन्धमा नरहेको बताउछिन् । अध्ययनलाइ छाडेर एकोहोरो यसै क्षेत्रमा हिड्ने आफ्नो सोच नभएको बताउदै यो क्षेत्रमा स्थापित हुन विभिन्न विधाहरुमा कडा मेहनत गरिरहेको उनको कथन छ । अहिले सम्म म्युजिक भिडिओ र चलचित्र मा अभिनय नगरे पनि निकट भविष्यमा राम्रो अफर आए नाइँ नभन्ने उनले बताईन । यति बेला मोडल हन्ट नामक प्रतियोगितामा सामेल भएकी सुजता आफुलाई मोबाइलमा MHNF इस्पेस उनको कोड ०९ टाइप गरेर 5005 मा एस.एम.एस पठाई भोट गरेर सहयोग गर्न उनको अनुरोध छ /