Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • नायक सुबास थापाले अमेरीकामा बृहत सास्कृतिक कार्यक्रम आयोजना गर्दै , मुख्य आर्कषण कालिप्रसाद बाँस्कोटा

    कलिउड अपडेट ।
    अमेरीकाको टेक्सास राज्यको राजधानि अष्टिनमा बस्दै आएका नायक सुबास थापा अमेरीका पुगेर पनि कलाकारीता र नेपाली गीत संगीत प्रर्वद्धन गर्दैै आएका छन् । कलाकार सुबास थापा को संयोजकत्व तथा  डि एण्ड डि मुभिजको  प्रस्तुतीमा अष्टिनमा एक बृहत सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । नयाँ बर्षको अवसर पारेर यहि जनवरी ५ तारिखमा हुने उक्त कार्यक्रममा नेपालका अहिलेका सर्वाधिक लोकप्रिय गायक एवं संगीतकार कालिप्रसाद बास्कोटा को पनि बिशेष प्रस्तुति रहने छ । बास्कोटा सहित स्थानिय डिजे तथा स्थानिय कलाकारले पनि आफ्नो प्रस्तुति दिने थापाले जानकारी दिए ।

    बास्कोटा हाल नेपाली टेलिभिजनमा सर्वाधिक रुचाइएको रियालिटि शो नेपाल आइडलका जर्ज समेत हुन् ।
    नेपाली कला र संगीत को क्षेत्रमा नजिक हुन यो कार्यक्रम आयोजना गर्न लागीएको यस कार्यक्रमका परिकल्पनाकार एव संयोजक सुबास थापाले बताए । नेपाली नाटक बिधा तथा सिनेमामा सुबास थापा स्थापित कलाकार हुन् । उनले कोहि मेरो , तथास्तु , बिर्खेलाइ चिन्छस् , कोहि आफ्नो , चंखे शंखे पंखे जस्ता चलचित्रमा अभिनय गरिसकेका छन् । नेपाली कला संस्कृति र संगीत प्रर्वद्धनमा सक्रिय थापा अमेरीकामा रहँदा नै बिभिन्न सर्ट फिल्म मा अभिनय गरिसकेका छन् । केहि समय अघि मात्र सर्ट फिल्मले उनलाइ चर्चामा ल्याएको थियो ।
    बिनिता खड्का थापाले संचालन गर्ने तथा कार्यक्रम मा ५०० भन्दा दर्शककाे उपस्थिति रहन अनुमान गरिएकाे आयोजक थापाले जानकारी दिएका छन् ।

    Share the News

    Related News

    Adverstisements


  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4