Like us on facebook

Advertisements

  • बलिउडका चर्चित निर्देशक सुभास घाइ शनिबार नेपाल आउदै

    जेठ १८  कलिउड अपडेट । यो शनिबार अर्थात भोली बलिउडका चर्चित निर्देशक सुभास घाइ नेपाल आउदैछन् । कान्तिपुर फिल्म एकेडेमिको निमन्त्रणामा उनि काठमाण्डौ ओर्लदै छन् ।


    आइतबार हुन गइरहेको एक दिने फिल्म मेकिङ तथा मिडिया नलेज सेमिनारको लागी उनि नेपाल आउन लागेका हुन् । सुभास घाइ नेपाल आउने सम्पूर्ण तयारी पुरा भएको एकेडेमि श्रोतले बताएको छ ।

    उनि संगै बलिउडका चर्चित स्कृनराइटर अन्जुम राजाबलि तथा सुभास घाइ द्धारा सन्चालीत फिल्म स्कुल विस्लिङउड इन्टरनेश्नलका डिपार्टमेन्ट प्रमुखहरु निर्माता निर्देशक घाइ संगै नेपाल आउदैछन् । सेमिनार आइतबार बिहान ९ बजे देखि साँझ ६ बजे सम्म चल्नेछ । वर्कसपमा फिल्म तथा मिडियामा रुचि हुने जोकोहिले पनि सहभागि हुन सक्ने कान्तिपुर फिल्म एकेडेमिले जानकारी गराएको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4