Like us on facebook

Advertisements

  • रहिनन् बरिष्ठ कलाकार शुभद्रा अधिकारी , आजै गरियो अन्त्यष्टी

    कलिउड अपडेट ।
    बरिष्ठ कलाकार शुुुभद्रा अधिकारीको आज शनिबार ७२ बर्षको उमरेमा निधन भयो । निमोनिया बाट पिडित बनेकि कलाकार अधिकारीको आफ्नै निबास डल्लुमा निधन भयो । उनको आज नै अन्त्यष्टि पनि गरिएको छ ।


    बिधुतिय शवदाह गृहमा कलाकार अधिकारीको अत्यष्टि गरिएको हो । अन्तिम श्रद्धान्जलीको लागी पर्यटन मन्त्रि योगेश भट्टराइ , बिकाश बोर्ड अध्यक्ष केशव भट्टराइ ,निर्माता संघ अध्यक्ष आकाश अधिकारी , कलाकार संघका पदाधिकारी , अभिनेत्री भुवन चन्द , चैन्त्य देवी , बसुन्धरा भुसाल , रेखा थापा , करिस्मा मानन्धर लगायत अधिकांश कलाकार आर्यघाट पुगेका थिए ।
    चलचित्र मनको बाँध बाट अभिनय यात्रा आरम्भ गरेकि शुभद्रा अधिकारीले दर्जनौ चलचित्रमा जीवन्त अभिनय गरेकि छिन् ।
    मृतआत्माको चिर शान्तिको कामना  गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौ ।
    तस्विर : अनलाइन खवर

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4