कलिउड अपडेट ।
चलचित्र शुभ लभको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सेलिब्रेटि ज्योतिष हरिहर अधिकारी र क्रिष्टिन पौडेल फिचरिङ छन् । अर्जुन पोखरेलको शब्द संगीत एव निशान भट्टराइ र मिना निरौलाको आवाज रहेको यो गीतलाइ रामजी लामिछानेले कोरियोग्राफि गरेका छन् ।
चर्चित युवा ज्योतिष हरिहर अधिकारी को स्टाइल प्रसंसा योग्य छ । बुधबार एक कार्यक्रम आयोजना गर्दै चलचित्रको गीत सार्वजनिक गरियो । धर्मराज शर्मा सुवेदीले निर्माण गरेको फिल्मका प्रस्तुतकर्ता प्रदिपकुमार उदय हुन् भने निर्देशन सन्तोष बाबु लोहनीले गरेका हुन् । फिल्म चैत्र १५ गतेबाट प्रदर्शनमा आउँदै छ ।