कलीउड अपडेट । नेप्सिने कम्पनीले पहिलो पटक दक्षिण अफ्रिकामा नेपाली फिल्मको प्रदर्शन गर्ने भएको छ । बिदुर पाण्डेले चलचित्र “सेन्टी भाइरस” को दक्षिण अफ्रीका को चलचित्र वितरणको अधिकार नेप्सिने संग लिएका हुन ।
सेन्टी भाइरस मार्च महिना बाट दक्षिण अफ्रीका का सहरहरुमा प्रदर्शन हुने भएको छ । नेप्सिने कम्पनीका म्यानेजर दिपेन्द्र कार्की र बिदुर पाण्डे बीच आजै सम्झौता भएको हो । चलचित्रलाई नेप्सिने कम्पनीले नेपाल बाहिरको वितरणको अधिकार लिएको छ।