मंसिर २९ , कलिउड अपडेट ।
प्रदर्शन मिति तय नभएको चलचित्र ‘हिरो रिटन्र्स’को शिर्ष गीत सार्वजनिक गरिएको छ । आशिष भेटवालको निर्देशनमा तयार भएको यो चलचित्रमा रेखा थापा, सविन श्रेष्ठ, दिल श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्रको शिर्ष गीतको अडियो सार्वजनिक गरेर यसको निर्माणपक्षले प्रचारको सुरुवात गरेको छ । यो गीतमा टंक वुढाथोकीको शब्द, संगीत र स्वर छ । गायिका मनिषा पोखरेलले टंकलाई स्वरमा साथ दिएकी छिन् । चलचित्रमा चन्द्र पन्तको एक्सन छ भने कथा, पटकथा तथा संवाद शिवम् अधिकारीको छ । मित्र गुरुङको सम्पादन, मदन काश्यप घिमिरे रहेको चलचित्रमा चन्द्र गौतम, सहदेव गौतम र भिम न्यौपाने लगानी छ । अमित श्रेष्ठ चलचित्रका कार्यकारी निर्माता रहेका छन् । चलचित्र ‘पर्खिराख है’मा मुख्य नायकको रुपमा काम गरेपछि नायक दिल श्रेष्ठले यो चलचित्रमा अभिनय गरेका हुन् ।