Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • सोसल मिडिया फिल्म अवार्ड : ‘जोगी’ र ‘अलिखित’ उत्कृष्ट

    कलिउड अपडेट ।
    फेसबुक , यूटुव मा आएका भिडियो , ट्रोल , सर्ट फिल्म देखि डकुमेन्ट्रि सम्मका बिबिध बिधाहरु समेटि आइतबार राजधानिमा सोसल मिडिया फिल्म अवार्ड सम्पन्न भएको छ । ड्रिम वल्र्ड अफ फिल्म मेकर्स प्रालिको प्रस्तुति एवं सबनम मुखियाको आयोजनामा सम्पन्न उक्त अवार्डमा केहि फिल्म मेकर तथा सन्चारकर्मिलाइ सम्मान पनि गरिएको थियो ।
    जमलस्थित एल्लोपेगोडा होटलमा आयोजित अवार्ड समारोहमा सर्वोत्कृष्ट लघु चलचित्रको निर्देशक अनिरुद्र दवाडी बन्दा सर्वोत्कृष्ट डकुमेन्ट्री ‘जोगी’ र सर्वोत्कृष्ट लघु चलचित्र ‘अलिखित’ घोषित भयो ।

    रविन आचार्य कार्यक्रम संयोजक रहेको अवार्ड समारोहमा अभिनेत्री भुवन चन्द, चैत्यदेवी, बसुन्धरा भुषाल, शम्भुजित बास्कोटा, कृष्ण मल्ल, सन्तोस श्रेष्ठ, केशव भट्टराई, आकाश अधिकारी लगायत थुप्रै चलचित्रकर्मीको सहभागिता रहेको थियो ।

    कार्यक्रममा सामाजिक, चलचित्र, पत्रकारिता तथा विभिन्न माध्यमबाट जनचेतनामूलक कार्य गरेवापत ‘सोसियल रंगममञ्च पत्रकारिता पुरस्कार २०७५’ कुवेर गिरीलाई , ‘सोसिएल मिडिया सामाजिक अभियन्ता सम्मान २०७५० उत्तम सञ्जेललाई र ‘चलचित्रकर्मी सम्मान २०७५’ सञ्चारकर्मी तथा निर्देशक संगीत श्रेष्ठलाई प्रदान गरियो । तीनै सम्मानित व्यक्तिलाई माला, खादा, प्रमाणपत्रका साथै नगद रु ११,१११।– ९अक्षरुपी एघार हजार एक सय एघार मात्र०बाट सम्मान गरिएको थियो ।

    १ युट्युव तर्फको सर्वोत्कृष्ट भिडियो – निमेशश्रेष्ठ (फन रिभोलुसन टिभी)
    २. फेसबुक तर्फको सर्वोत्कृष्ट भिडियो – निमेश श्रेष्ठ
    ३. समाचारतर्फको सर्वोत्कृष्ट भिडियो – सन्तोषी अधिकारी
    ४. सर्वोत्कृष्ट ट्रोलतर्फ – ट्रोल फुटबल नेपाल
    ५. लघु फिल्मको सर्वोत्कृष्टसम्पादन – उमेश चौधरी र युवराज खनाल
    ६. लघु चलचित्रको सर्वोत्कृष्टनायीका – स्मृती न्यौपाने
    ७. लघु चलचित्रको सर्वोत्कृष्टनायक –निमेश श्रेष्ठ र अनिस जंग थापा
    ८.लघु चलचित्रको सर्वोत्कृष्टसाउण्ड (आवाज) – विनय अधिकारी
    ९.लघु चलचित्रको सर्वोत्कृष्ट छयाङ्कन– विकल थापा
    १०. लघु चलचित्रको सर्वोत्कृष्ट भिडियो (निर्णयकका तर्फबाट) – बोकाहरु (फन रिभोलुसन टिभी)
    ११. सर्वोत्कृष्ट इन्करेजमेन्ट – विकास घले गुरुङ
    १२. सर्वोत्कृष्ट सोसियल म्यासेज – राज मानन्धर
    १३. सर्वोत्कृष्ट सार्वजनिक छनौट– सञ्चिता बुढाथोकी
    १४. सर्वोत्कृष्ट लघु चलचित्रको निर्देशक – अनिरुद्र दवाडी
    १५. सर्वोत्कृष्ट डकुमेन्ट्री – जोगी
    १६. सर्वोत्कृष्ट लघु चलचित्र – अलिखित

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4