कलिउड अपडेट , काठमाण्डौ ।
कुनै समय नेपाली टेलिचलचित्रमा निकै जमेकि शिरु बिष्ट अहिले फाट्ट फूट्ट मात्र पर्दामा देखिने गर्छिन् । सिरियल लोकप्रियता रहिरहँदा उनको लोकप्रियता बढ्दो थियो तर जव नेपाल टेलिभिजनबाट धाराबाहिक पारिवारीका सिरियल बन्द हुदै गए तव शिरु बिष्ट पनि ओझेल पर्दै गइन् ।
२०५६ सालबाट हिजो आजका कुरा मार्फत कलाकारीतामा प्रवेश गरेकि अभिनेत्री शिरु बिष्टले अभिनय गरेका हिट सिरियलहरुमा गंगा जमुना , तिमि पुरुष , वंश , हिजो आजका कुरा लोकप्रिय मानिन्छन् ।
सिरियलमै लोकप्रिय भइरहँदा उनले केहि चलचित्रमा नायीका भएर पनि देखा परिन् । कुरु क्षेत्र , मानिष , हासिदेउ एक फेर , अजम्बरी नाता मा उनको अभिनय रहेको छ भने ५०० भन्दा बढि म्यूजिक भिडियोमा अभिनय गरेको उनी बताउछिन् । तर जति उनलाइ सिरियलले चिनायो न त त्यति फिल्मले चिनायो न त म्युजिक भिडियोले नै ।
समय र उमेर ढल्कदै जादा अभिनेत्री बिष्टमा कलाकारीतालाइ तिव्रता दिने सोच बनाइरहेकि छिन् । नायीकाको रुपमा मात्र नभइ चरित्र अभिनेत्रीको रुपमा नेपाली सिने जगतमा सक्रिय हुने उनको योजना रहेको खुलाएकी छिन् । शिरु बिष्ट हाल चलचित्र जुनिमा मा चचित्र अभिनेत्रीको रुपमा अभिनय गरिरहेकि छिन् ।