Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • कान्तिपुर फिल्म एकेडेमिको टोली र सुभास घाइ बिच महत्वपूर्ण भेटबार्ता , यस्तो हुनेछ सहकार्य

    कलिउड अपडेट ।
    बलिउडका ख्याति प्राप्त लेखक , निर्माता एव निर्देशक सुभास घाई नेपाल आउने भएका छन् । सुभास घाइ जसले नेपाली चेली मनिषा कोइरालालाइ बलिउडमा डेव्यू गराएका थिए । मनिषाले सन् १९९१ मा सुवासको फिल्म ‘सौदागर’मा अभिनय गर्दै बलिउडमा डेब्यु गरेकी थिइन् ।

    हाल भारतमा रहेको कान्तिपुर फिल्म एकेडेमीको टोलीसँगको भेटमा घईले आफू नेपाल आउने वचनबद्धता व्यक्त गरेका हुन् । एकेडेमीका सिइओ प्रकाश पुरीले घईले आफू वैशाखमा नेपालमा आउने प्रतिबद्धता व्यक्त गरेको बताए । ‘उहाँको सहयोगीले कुन मितिमा आउने भन्ने समय तोकेपछि नेपाल आउनुहुनेछ ।’ पुरीले भने । टोलीमा एकेडेमीका एकेडेमिक निर्देशक नरेशकुमार केसीसहित चारजना छन् ।

    टोलीले गत सोमबार मुम्बईको प्रख्यात फिल्म स्कुल विस्लिङ उड इन्टरनेशनलको भ्रमण गर्दै त्यहाँका प्रमुखसमेत रहेका निर्देशक घई, अध्यक्ष मेघना घई पुरी र हेड अफ एकेडेमिक राहुल पुरीसँग भेट गरेको थियो । भेटमा दुई पक्षबीच विद्यार्थी आदानप्रदान, फ्याकल्टी आदानप्रदान, फिल्म निर्माण सहकार्य, नेपालमा कार्यशालाको आयोजना गर्ने, वार्षिक रुपमा छात्रवृत्ति प्रदान गर्ने र घई नेपाल आउने बुँदामा सहमति भएको थियो ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4