कलिउड अपडेट ।
मिस वर्ल्ड प्रतिस्पर्धाका लागि चीनमा रहेकी मिस नेपाल श्रृंखला खतिवडा ‘हेड टू हेड च्यालेन्ज’ विधामा समूह विजेता बनेकी छिन्। याे सँगै उनी फाइनल राउन्डमा प्रवेश गरेकी छिन्। समूह १३ मा रहेकी उनी ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस वर्ल्डको फाइनल राउन्डमा प्रवेश गरेकी हुन्। उनीसँगै २० सुन्दरी फाइनल राउन्डमा प्रवेश गरेका छन् । टप २० मा पर्ने प्रतिस्पर्धि देशहरु
Group 1: Mauritius
Group 2: France
Group 3: Venezuela
Group 4: Philippines
Group 5: Nigeria
Group 6: Bangladesh
Group 7: Chile
Group 8: Lebanon
Group 9: Malaysia
Group 10: Guadeloupe
Group 11: Myanmar
Group 12: India
Group 13: Nepal
Group 14: Singapore
Group 15: Thailand
Group 16: Bulgaria
Group 17: Mexico
Group 18: Trinidad and Tobago
Group 19: Argentina
Group 20: Uganda
प्रतिस्पर्धामा सहभागी १२१ देशका सुन्दरीलाई २० वटा समूह विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो। श्रृंखला समूह १३ मा थिइन्। छोटो भिडियो र त्यसपछि ६ जना प्रतिस्पर्धीबीच सवाल जवाफ गरिएको थियो। श्रृंखलाले त्यो सवालमा दिएकाे जवाफका आधारमा उनले पाएको भोट समेत गणना गर्दै उनी समूह विजेता बन्न सफल भएकी हुन्।